नवौँ मनास्लु राष्ट्रिय अवार्डबाट कलाकार र पत्रकारलाई सम्मान

काठमाडौं । नवौँ मनास्लु राष्ट्रिय अवार्डबाट कलाकार र पत्रकारलाई सम्मान गरिएको छ । शनिबार मनास्लु मिडिया प्रालिद्वारा सञ्चालित हरपल खबरको रफ्तार– मनास्लु पोष्टको नवौँ वार्षिकोत्सवको अवसरमा नवौँ मनास्लु राष्ट्रिय अवार्ड सम्पन्न भएको हो । सो समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सेवाको कदर स्वरुप सम्मान गरिएको छ ।

मनास्लु मिडिया प्रालिका अध्यक्ष मनबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रियसभा सदस्य सुरेश आले मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी चुमनुव्री गाँउपालिका गोरखाका अध्यक्ष तथा मनास्लु पोष्टका सल्लाहकार निमा लामा, सांस्कृतिक संस्थान, राष्ट्रिय नाच घरका महाप्रबन्धक किरणबाबु पुन मगर, अन्तर्राराष्ट्रिय मगर महासंघ, केन्द्रिय समितिका अध्यक्ष नविन रोका मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगरको बिशिष्ट आतिथ्यता रहेको थियो । सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरी पुन मगरले गरेका थिए ।

‘मनास्लु अन्तराष्ट्रिय आईकन अवार्ड – २०८२’ बाट नविन रोका मगर– समाजसेवी, बम कुमारी बुढा मगर– सांस्कृतिक गरिमा, लाइफटाइम अचिभमेन्ट, गंगा बहादुर थापा मगर– समाजसेवी, जुनु पुन मगर– समाजसेवी, जगत बहादुर रेश्मी मगर– समाजसेवी, रक्ष बहादुर रैका मगर– समाजसेवी, होमराज खपाङ्गी मगर– समाजसेवी, छत्र बहादुर लुंगेली मगर– समाजसेवी, झबिन्द्र बहादुर पुन मगर– समाजसेवी, गंगा बहादुर थापा मगर (बिजय)– समाजसेवीको तर्फबाट सम्मानित भएको मनास्ले पोष्टका अध्यक्ष मनबहादुर पुनले बताए ।

त्यसैगरी इन्द्र बहादुर झेंडी– समाजसेवी, राजकुमार राना मगर– समाजसेवी, नरेश छहरी मगर– समाजसेवी, विष्ण सापकोटा (हर्के हवल्दार)– अभिनेता, हर्क बहादुर घर्ती मगर– सांस्कृतिक गरिमा, एलिजिबा पुर्जा पुन, मौलिक थाली नृत्यांगना– सांस्कृतिक गरिमा, धन कुमारी गौचन– सांस्कृतिक गरिमा, रोशन पुलामी मगर– योग तथा प्राकृतिक चिकित्सक, लेख बहादुर रेश्मी मगर– समाजसेवी, बागलाल बुढा मगर– समाजसेवी, रमिता बुढा मगर– समाजसेवी, चन्द्र बहादुर बुढा मगर– समाजसेवी, कर्ण बहादुर बुढा मगर– समाजसेवी, राम बहादुर रसाइली– सांस्कृतिक गरिमा, मदन रोका मगर– सांस्कृतिक गरिमाको तर्फबाट सम्मानित भएका छन् ।

त्यस्तै प्रकाश बराइली ‘अभिव्यक्ति’– पत्रकार तथा निर्देशक, जिबन कुमार घर्ती मगर– समाजसेवी, निरजादेवी पुन मगर– समाजसेवी, तारा प्रकाश बुढा मगर– समाजसेवी, यम कुमारी घर्ती मगर– समाजसेवी, संगम बुढा मगर– समाजसेवी, गीता कुमारी बुढा मगर– समाजसेवी, रेशा पुन मगर– समाजसेवीको तर्फबाट सम्मानित भएका छन् ।

यसैगरी, नवौँ मनास्लु राष्ट्रिय अवार्डबाट भीम चापागाई – सर्वोकृष्ट बहुप्रतिभाशाली गायक, लक्ष्मी परियार– सर्वोकृष्ट बहुप्रतिभाशाली गायिका, मनमाया घर्ती (गोरी)– सर्वोकृष्ट मौलिक गायिका, तेजिन्द्र छन्त्याल– सर्वोकृष्ट मौलिक गायक, गिरी विश्वकर्मा– सर्वोकृष्ट मोडेल बिरा घर्ती मगर– सर्वोकृष्ट मोडल, लोप्साङ लामा– समाजसेवी, नन्दवीर घर्ती मगर– सर्वोकृष्ट गायक, रमिता पुन (रुचा)– सर्वोकृष्ट गायिका, इश्वर लामगाँदे– सर्वोकृष्ट गायक, रमेश विक्रम रत्न– सर्वोकृष्ट गायक, अर्जुन पोखरेल– सर्वोकृष्ट निर्देशक, कृष्ण कुमारी पुन– सर्वोकृष्ट गायिका, पार्वती विश्वकर्मा– सर्वोकृष्ट प्रत्यक्ष दोहोरी गायिकातर्फ सम्मानित भएका छन् ।

उक्त कार्यक्रममा राजेन्द्र बहादुर थापा मगर– समाजसेवी, बम बहादुर थापा मगर– समाजसेवी, तुलसी गिरी ‘भाबुक’– प्रधान सम्पादक, म्युजिक डायरी, चन्द्रमणी गौतम– अध्यक्ष, राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, कुबेर गिरी– पत्रकार, रातोपाटी डटकम तथा चलचित्र सेन्सर बोर्डको सदस्य, वर्षा खनाल– पत्रकार, बागमती टेलिभिजन, रबिन बिक भिडियो– सम्पादक विधाबाट बिशेष रुपमा सम्मानित भएको अध्यक्ष पुनले जानकारी दिए ।

प्रतिक्रिया