छिरिङलाई अभिनयमा २ अवार्ड

काठमाडौँ । मोडल तथा अभिनेत्री छिरिङ शेर्पाले राजधानीमा भएको ‘नेपाल नेसन्स अवार्ड २०२५’मा २ अवार्ड जितेकी छन् । उनले शेर्पा मातृभाषा गीत ‘स्यारखुम्बुकी साम्दिनी’बाट ‘बेस्ट मोडल फिमेल–मदर ल्यांगवेज सङ’ तथा शेर्पा फिल्म ‘टिनछेन फामा’बाट ‘बेस्ट एक्ट्रिस’ अवार्ड जितेकी हुन् ।

मन खुसी फाउन्डेसन बागमती प्रदेश तथा करण ड्रिम्स फाउन्डेसन केन्द्रीय समितिको आयोजनामा भएको अवार्डमा २ अवार्ड जितेपछि काममा जिम्मेवारी बढेको उनले बताइन् । छिरिङ ‘डान्सिङ विथ द स्टार्स नेपाल २०२२’की विजेता हुन् । उनले सन् २०२२ मै कालापत्थरमा भएको ‘हाइएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन लेन्ड पेयर’ विधामा गिनिज वल्र्ड रेकर्ड कायम गरेकी थिइन् । उनी सगरमाथा आरोही, मोडल, अभिनेत्री तथा इभेन्ट अर्गनाइजरका पनि हुन् ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, बेलकोटगढी नगरपालिका (नुवाकोट) र चन्द्रागिरी नगरपालिका (काठमाडौँ) को समन्वय रहेको कार्यक्रममा बागमती प्रदेशकी पूर्वउपसभामुख राधिका तामाङ, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष तथा गायक प्रकाश कटुवाल, मन खुसी फाउन्डेसनका संस्थापक अध्यक्ष तथा समाजसेवी मानबहादुर तामाङलगायतको उपस्थिति थियो । अवार्डको संयोजक दिनेश तामाङ तथा अध्यक्ष करण तामाङ थिए ।

प्रतिक्रिया