प्रभाकरदेवको धोका

काठमाडौँ । गीतकार, गायक तथा संगीतकार प्रभाकरदेव शर्माको गीत ‘धोका’ सार्वजनिक भएको छ । प्रेममा असफल प्रेमीहरूमा समर्पित गर्दै यो गीत ल्याइएको गीतमा एरेन्ज सुयोग सोताङको छ ।


गीतको भिडियोमा आयुषा कार्की र सिद्धार्थ सिलवालको अभिनय छ । भिडियोमा एक साधारण परिवारको केटालाई प्रेम गरेको १० वर्षपछि प्रेमिकाले ‘गरिब’ भएको भन्दै आमाबुबाको करकापमा धोका दिएको कथा देखाइएको छ । भिडियोमा मदन थापा, सुवासचन्द्र सिलवाल र शीतल ठकुरीको पनि अभिनय छ ।


कलाकार शर्माकै निर्देशन रहेको भिडियोमा विशाल केसी र बुलेटको छायांकन, विशाल केसी र दिल श्रीपालको सम्पादन छ । भिडियो हिल्स होम थेटर एन्ड प्रोडक्सनको युट्युबबाट सार्वजनिक भएको हो ।

यसअघि कलाकार शर्माको ‘म पागल सरी तिमीलाई माया गरिरहन्छु’, ‘कुनै मन्दिरको पुजारी जस्तो पूजा गरिरहन्छु’, ‘आज मलाई कोही नरोक’, ‘घर हाम्रो नेपाल, जात हाम्रो नेपाली’ गीत बजारमा आइसकेका छन् ।

प्रतिक्रिया