
मुम्बई । अभिनेत्री अमिषा पटेल पछिल्लोपटक फिल्म ‘गदर–२’मा देखिएकी थिइन् । उनले हालै सञ्चारमाध्यमसँगको अन्तरवार्तामा अभिनेता अक्षय खन्नाको प्रशंसा गरिन् । उनले अक्षयसँग पहिलो फिल्म ‘हिमालय पुत्र’मा सहकार्यको अनुभव सुनाउँदै अक्षय काममा इमानदार रहेको दाबी गरिन् ।
‘अक्षयसँग फिल्ममा अभिनय गर्ने कुरा हुँदा म अमेरिकामा पढिरहेकी थिएँ । म युवावस्थामा थिएँ । त्यो बेला मलाई फिल्ममा धेरै रुची थिएन । त्यसकारण मैले त्यो प्रस्तावलाई अस्वीकार गरेँ । त्यसपछि मैले अक्षयसँग २ फिल्ममा काम गर्ने मौका पाएँ । मैले उनको भाइ राहुल र पिता विनोद खन्नासँग पनि अभिनय गरेँ’, अमिषाले भनेकी छन् ।
उनले अक्षय रातारात स्टार नबनेको बताइन् । ‘यो उसको कडा मिहिनेतको फल हो । जुन कुरा उनले अहिले देखाएका छन् । म उनको सफलतामा धेरै खुसी छु’, उनले भनेकी छन् । अमिषा फिल्म ‘बोर्डर–२’ लाई लिएर उत्साहित छिन् । फिल्ममा ‘गदर’ अभिनेता सनी देओलसँग स्क्रिन सेयर गरेकी छन् । ‘जहाँ सकिनाको तारा सिंह छन्, त्यहाँ १ हजार करोड आम्दानी निश्चित हो । म फिल्मका लागि निकै उत्साहित छु’, उनले भनेकी छन् ।
प्रतिक्रिया