
काठमाडौँ । यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’को शीर्ष गीत ‘मिरमिरे भो’ सार्वजनिक भएको छ । गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर तथा प्रकाशकै शब्द र संगीत छ ।
गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङ्लेखुको अभिनय छ । भिडियोमा कलाकारको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । आगामी १ माघबाट प्रदर्शनमा फिल्मले बाबु र छोरीको भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्नेछ ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहेका फिल्म वितरक रोहित कट्टेल रहेका छन् ।
प्रतिक्रिया