
काठमाडौँ । अभिनेता पल शाह र मोडल अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ । बुधबार सुनील दवाडी नामक युट्युब च्यानलबाट रिलिज भिडियोका प्रस्तुतकर्ता पनि सुनील नै हुन् । गीतमा ध्रुव विक र मनिषा सुनारको स्वर, ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत र सुलभ घिमिरेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।
भिडियोमा पल र अनितालाई रोमान्टिक भावमा देखाइएको छ । भिडियोमा विक्रम चौहानको कोरियोग्राफी र निर्देशन छ । मोडल अनिताले १ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । उनी फिल्म ‘नम्बरी सुन’, ‘दान्भी’, ‘रावायण’ र ‘आउट ल’को नायिका पनि हुन् ।
प्रतिक्रिया