
काठमाडौँ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डिआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको लखनउमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई युरोपको आइआइइचएसआर विश्वविद्यालयले विद्यावारिधी प्रदान गरेको हो । डा.उपाध्यायलाई साहित्य (डी लिट)मा उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो । विश्वविद्यालयका प्रतिनिधि जेम्स केरी र अन्य प्रतिष्ठित अतिथिहरूले डा. उपाध्यायलाई उक्त मानार्थ विद्यावारिधी प्रदान गरेका थिए ।
समाजशास्त्रमा सन् २००० मा विद्यावारिधी गरेका डा.उपाध्यायलाई यसअघि विभिन्न ८ विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उनको नवौँ मानार्थ विद्यावारिधी हो । डा.उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि ८ वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।
डा.उपाध्यायले गीत र साहित्यमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । डा.उपाध्यायले गीत, संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् ।
यस्तै, उनका १ दर्जन बढी उपन्यास, ३ गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । २५० को हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौँ गीतका भिडियो पनि सार्वजनिक छन् । उनको पछिल्लो उपन्यास ‘आशक्ति’ रहेको छ ।
प्रतिक्रिया