टी–२० अन्तराष्ट्रिय क्रिकेट : नेपाल र स्कटल्यान्ड आज भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० आई अन्तराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपाल आज घरेलु टोली स्कटल्यान्डसँग भिड्दै छ । स्कटल्यान्डको टिटउट रंगशालामा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।

नेपाल आज पहिलो जितको खोजीमा छ । हिजो सोमबारको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । अन्तराष्ट्रिय क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा गएको यो पहिलो पटक हो ।

त्यसैगरी स्कटल्यान्ड भने प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्डलाई ३९ रनले पराजित गरेको थियो ।

नेपालले टी– २० अन्तराष्ट्रिय मान्यता पाएपछि पहिलो पटक स्कटल्यान्डसँग खेल्न लागेको हो । त्यसअघि सन् २०१३ मा भएको आइसिसी विश्वकप क्वालिफाइरअन्तर्गत भएको खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया