काठमाडौँ । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध साइबर कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।
प्रहरीको साइबर ब्युरो भोटाहिटीले उनीविरुद्ध पक्राउ अनुमति मागेको थियो । सोही अनुमतिका आधारमा जिल्ला अदालत काठमाडौंले मंगलबार पक्राउ पुर्जी जारी गरेको प्रहरी श्राेतले जानकारी दिएकाे छ ।
उनीविरुद्ध आफ्नै युट्युब च्यानलमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीरसिंह देउवाको होटल हिलटनमा लगानी रहेको अपुष्ट समाचार प्रसारित गरेको आरोप छ ।
प्रतिक्रिया