काठमाडाैँका मेयर र उपमेयरबीच कार्यपालिका बैठक र नगरसभा बाेलाउने सहमति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कार्यपालिका बैठक र नगरसभा बोलाउन तयार भएका छन् । काठमाडौं प्लाजास्थित मेयर कार्यालयमा उपमेयर सुनिता डंगोल र तीन जना वडाध्यक्ष सहितको छलफलमा मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाउन सहमति जनाएका हुन् ।

छलफलमा महानगरका प्रवक्तासमेत रहेका कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धर एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलको सहभागिता रहेको थियो ।

वडाध्यक्षहरू सहितको बैठक करिब ४ घन्टासम्म चलेको बताइएको छ । उक्त बैठक अपरान्ह ४ बजेतिर सकिएपछि फेरि मेयर साह र उपमेयर डंगोलबीच बेग्लै छलफल भएको थियो ।

प्रतिक्रिया