काठमाडौं । ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिर अगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ ।
श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित संग्रहालयबाट निकालेर कृष्ण मन्दिर अगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिन्छ ।
आजको दिन राजा सिद्धी नरसिंह मल्लद्वारा रचना गरिएका ३२ वटा भजनहरू वर्षमा एक पटक मात्र सार्वजनिक रूपमा देखाइन्छ भने ती भजनहरू सामूहिक रूपमा गाउने परम्परा रहिआएको छ ।– तस्विरहरू नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया