बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा, मूल्य कति ?

काठमाडौँ । बीएमडब्लुको तेस्रो मोडलको रुपमा नेपाली बजारमा आईएक्स२ (आईएक्स–टु) लक्जरी इलेक्ट्रिक एसयूभी उपलब्ध भएको छ । एक कार्यक्रमका बीच नेपालका लागि बीएमडब्लुको आधिकारिक वितरक लक्ष्मी प्रिमियमले सो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको हो । यसको मूल्य १ करोड ७९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो भन्दा पहिले नेपाली बजारमा बीएमडब्लुका दुई मोडल आईएक्स वान र आईएक्स थ्री उपलब्ध थिए ।

कुपे डिजाइनमा उपलब्ध आईएक्स२ मा ‘ई–ड्राइभ–२० सिस्टम’ अन्तर्गत १५० किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर दिइएको छ । यसमा ६६.५ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ, जसले सिंगल चार्जमा ४४९ किलोमिटरको रेन्ज दिने बताइएको छ । यसलाई ११ किलोवाटको एसी चार्जर र १३० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ। यसको टप स्पिड १७० किलोमिटर प्रतिघण्टा छ । शून्य देखि १०० किलोमिटर प्रतिघण्टाको गति यसले ८.६ सेकेन्डमै लिन सक्छ ।

आईएक्स२ को इन्टेरियरमा ड्युल कर्भ स्क्रिन लेआउट पाउन सकिन्छ । हेडअप डिस्प्ले, १२ वटा स्पिकरसहितको हर्मन कार्डनको म्युजिक सिस्टम, प्यानारोमिक ग्लासरुफ, हिटेड र मेमोरीसहितको पावर्ड फ्रन्ट सिट उपलब्ध छ । यसका साथै वायरलेस चार्जर, अटोमेटिक एसी, रियर एसी भेन्टजस्ता फिचरले चालक र यात्रु दुवैलाई सहज बनाउने कम्पनीले जनाएको छ ।

सुरक्षाका लागि आईएक्स२ मा ७ वटा एयरब्याग, चार वटै चक्कामा डिस्क ब्रेक, इन्ट्रिग्रेटेड ब्रेकिङ सिस्टम, अटोहोल्ड, ड्राइभ अफ असिस्ट, डायनामिक ब्रेक कन्ट्रोल, मल्टी ड्राइभ फङ्सन, हाइबिम असिस्टजस्ता फिचर पाउन सकिन्छ ।

प्रतिक्रिया