रियो द जेनरियो । पछिल्लो १०० वर्षमा ब्राजिलको राष्ट्रिय टोलीका प्रशिक्षक हुने पहिलो विदेशी कार्लो एन्सेलोटी रियो द जेनरियो पुगेका छन् । नवनियुक्त मुख्य प्रशिक्षक एन्सेलोटी आइतबार साँझ ब्राजिल पुगेका हो । उनलाई सोमबार औपचारिक रूपमा सार्वजनिक गरियो । ६५ वर्षीय इटालियन प्रशिक्षक आफ्ना परिवारका सदस्य र सहायक प्रशिक्षकको साथ निजी विमानमार्फत ब्राजिल पुगेका हुन् । एन्सेलोटीको आगमनको केही घण्टापछि मात्रै ब्राजिल फुटबल महासंघ (सिबिएफ) को नयाँ अध्यक्षका रूपमा सामिर शाउद निर्वाचित भएका थिए ।
अघिल्ला अध्यक्ष एडनाल्डो रोड्रिग्सले नै एन्सेलोटीलाई रियल मड्रिडबाट अनुबन्ध गरेका थिए । कानुनी प्रक्रियामा उनी पदच्युत भएका थिए । रियो विमानस्थलमा एन्सेलोटीको स्वागतमा कुनै औपचारिक कार्यक्रम राखिएको थिएन । १ जना समर्थक मात्र ब्राजिलको जर्सी लगाएर उनलाई हेर्न आएका थिए ।
ब्राजिलका पछिल्ला प्रशिक्षकहरू रामोन मेनेजेस, फर्नान्डो डिनिज र डोरिभाल जुनियर सबै असफल सावित भएका थिए । विश्वकप छनोट चरणअन्तर्गतको अर्जेन्टिनासँगको खेलमा ४–१ को हारपछि डोरिभाललाई मार्चमा बर्खास्त गरिएको थियो ।
एन्सेलोटीको अनुबन्ध आगामी विश्वकपसम्म कायम रहनेछ । ६ जुनका दिन उनको प्रशिक्षणमा ब्राजिलले पहिलो खेल विश्वकप छनोट चरणअन्तर्गत इक्वेडरसँग खेल्ने छन् । ११ जुनमा ब्राजिल र पाराग्वेको खेल हुने छ । ब्राजिल प्रस्थान गर्नुअघि स्पेनको म्याड्रिडको घरेलु रंगशालामा उनको भावपूर्ण बिदाइ गर्दै जाभि अलान्सोलाई स्वागत गरिएको हो । एन्सेलोटी रियल म्याड्रिडबाट बिदाइ हुदै ब्राजिल पुगेका हुन् । उनको स्थानमा रियलले जाभि अलोन्सोलाई प्रशक्षिक चयन गरेको हो । एन्सेलोटी ब्रािजल पुगेकै समयमा अलोन्सोले रियल म्याड्रिडको जिम्मेवारी सुरु गर्ने क्रममा एन्सेलोटी प्रति सम्मान व्यक्त गरेका थिए ।
पूर्ण प्रशिक्षकको रूपमा एन्सेलोटी ब्राजिलको टोली हेर्ने शताब्दीमै पहिलो विदेशी भए पनि अन्तरिम कालका लागि टोलीको जिम्मेवारी पाउने उनी पहिलो विदेशी होइनन् । सन् १९४४ मा पोर्चुगलका गोर्सियाले उरुग्वेसँगको २ खेलको लागि टोलीको जिम्मा पाएका थिए । त्यस समयमा उनले फ्लाभियो कोस्टासँग सहकार्य गरेका थिए । ती दुवै खेल ब्राजिलले जितेको थियो । सन् १९६५ मा अर्जेन्टनका फिल्पो नुनेज एक खेकला लागि प्रशिक्षक भएका थिए ।
सन् २०२२ को विश्वकप क्वार्टरफाइनलमा ब्राजिल कोएसियासँग पराजित भएपछि जिकोले टोलीको भविष्यको बारे बोलेका थिए । उनले सोही समयमा एन्सेलोटी सही हुन सक्न बताएका थिए । रियल म्याड्रिडका त्यसभन्दा अघिका प्रशिक्षक जिनेदान जिदानको प्रशिक्षणमा छाउन नसकेका भिन्सियस जुनियरलाई एन्सेलोटी नै विश्व फुटबलको नायकको रूपमा स्थापित गराएका थिए । यसै कारण उनको क्षमताले जिको प्रभावित भएका थिए ।
प्रतिक्रिया