एम्बाप्पेलाई युरोपियन गोल्डेन सु

म्याड्रिड । रियल सोसिडाडसँग आइतबार राती भएको स्पेनिस ला–लिगाको खेलमा रियल म्याड्रिड २–० ले विजयी भएको छ । दुवै गोल केलिएन एम्बाप्पेले गरे । सो २ गोलसहित उनी यस सिजन युरोपियने गोल्डेन सु पाउन सफल भए । विश्व फुटबलमा थुप्रै महत्वपूर्ण उपलब्धि पाएका उनले यो सफलता भने पहिलोपटक हात पारेका हुन् । स्पेनमा यस सिजन नै पहिलोपटक खेलेका उनले ३१ गोल गरे । सोही गोलका कारण उनी ला–लिगाको शीर्ष गोलकर्ता बन्ने पनि पक्का भएको छ ।

स्पोर्टिङका भिक्टर गोयकर्सले उनले भन्दा ८ बढी ३९ गोल गरे । यसका बाबजुद वेटेड प्वाइन्ट बेस्ट सिस्टमअनुसार एम्बाप्पे गोल्डेन सुका हकदार भएका हुन् । एम्बाप्पे सो अवार्ड जित्ने रियल म्याड्रिडका तेस्रो खेलाडी हुन् । यसअघि हुगो साँचेजले सन् १९९० तथा क्रिस्टियानो रोनाल्डोले सन् २०११, २०१४ र २०१५ मा सफलता पािएका थिए ।

प्रतिक्रिया