काठमाडौँ । थाइल्यान्डसँग २ मैत्रीपूर्ण फुटबल खेल्न त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई मंगलबार बिदाइ गरिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, प्रवक्ता सुरेश शाहलगायतले खेलाडी तथा प्रशिक्षक टोलीलाई बिदाइ गरेका हुन् ।
एफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल लागेको हो ।
नेपालले एक अन्तर्राष्ट्रिय र एक अनौपचारिक फुटबल खेल्ने एन्फाले जनाएको छ । पहिलो खेल मे ३० मा हुनेछ भने दोस्रो २ जुनमा हुनेछ । दुवै खेल बैंककमा हुनेछन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया