काठमाडौँ । हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा हाउन्ड्स एकेडेमीले छैटौँ जित हात पारेको छ । यस्तै सामाखुसी युथ क्बलले सातौँ खेलमा आएर पहिलो जित निकालेको छ ।
कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउन्ड्सले कीर्तिपुरमाथि ८८–८३ को रोमाञ्चक जित हात पा¥यो । जितपछि १३ अंक जोडेर हाउन्ड्स शीर्ष स्थानमै छ । कीर्तिपुर ७ खेलबाट ९ अंक जोडेर पाँचौँ स्थानमा छ ।
पहिलो क्वाटर कीर्तिपुरले २४–२३ ले अग्रता लिएको थियो । दोस्रो क्वाटरमा हाउन्ड्सले पुनरागमन गर्दै २४–२० ले आफ्नो पक्षमा पा¥यो र ४७–४४ को अग्रता बनायो । हाउन्ड्सले तेस्रो क्वाटर पनि २४–१८ ले आफ्नो पक्षमा पारेपछि ७१–६२ को अग्रता बनाएको थियो ।
चौथो तथा अन्तिम क्वाटर कीर्तिपुरले २१–१७ ले आफ्नो पक्षमा पारे पनि हार टार्न पर्याप्त भए ।
हाउन्ड्सका सौरभ श्रेष्ठ मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । कीर्तिपुरका लागि निश्चल महर्जनले २८ अंक स्कोर गरे पनि जिताउन सकेनन् । हाउन्ड्सका लागि विजय बुर्जाले सर्वाधिक २२ अंक जोडे ।
मंगलबारै भएको अर्को खेलमा सामाखुसीले रोएललाई ८७–८० ले पराजित गर्दै पहिलो जित हात पारेको छ । पहिलो क्वाटरमा सामाखुसी र रोएल दुवैले समान १८ अंक जोडेका थिए । दोस्रो क्वाटर रोएलले २५–२३ ले आफ्नो पक्षमा पार्दै हाफ टाइममा ४३–४१ को अग्रता बनायो । तर त्यसपछि २ क्वाटरमा सामाखुसीले पुनरागमन गर्दै खेल जित्यो । तेस्रो क्वाटर २०–१४ ले आफ्नो पक्षमा पारेको सामाखुसीले चौथो क्वाटर २७–२३ ले आफ्नो पक्षमा पारेको थियो ।
सामाखुसीको जितमा २३ अंक स्कोर गरेका प्रज्वल महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । रोएलका लागि प्रसङ ध्वज मास्केले २६ अंक स्कोर गरे पनि जितका लागि पर्याप्त भए ।
पहिलो जित हात पारेको सामाखुसी अन्तिम स्थानमै छ । पाँचौँ हार बेहोरेको रोएलको ७ खेलबाट ९ अंक भएको छ र चौथो स्थानमा छ ।
प्रतिक्रिया