पार्वती र जन्मतकाे आवाजमा ‘ओई माया ओई’

काठमाडौं । गायक जन्मत सुवेदी र गायिका पार्वती विश्वकर्माको आवाजमा ‘ओई माया ओई’ गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा गायक जन्मत सुवेदी र संगीता अधिकारीको शब्द रहेको छ भने जन्मत सुवेदी कै संगीत रहेको छ । गीतलाई लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा गीतकार समेत रहेका पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ को निर्देशन, छायांकन, सम्पादन रहेको छ । त्यसैगरी राजेश कुमारको रंग संयोजन र महेश शिवभक्तिको डिजाइन् रहेको छ ।

उक्त गीतको भिडियोमा मोडल मञ्जिता केसी, सुजन सुर्खेती र संगीता अधिकारीको अभिनय रहेको छ । यस गीतलाई प्रकाश बराईली ‘अभिव्यक्ति’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीत र भिडियोलाई माया प्रेमको भावनामा प्रेरित गरिएको पत्रकार तथा निर्देशक बराइलीले बताए । गीत र भिडियोलाई केही नयाँपन दिने प्रयास गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया