नाटक मिराको प्रिमियर स्थगित

काठमाडौं । अभिनेत्री रेखा थापाले पहिलोपटक खेल्न लागेको नाटक ‘मीरा’को प्रिमियर स्थगित भएको छ । गणतन्त्र दिवसको अवसरमा बिहिबार राजधानीमा सत्तारुढ एमाले र राजावादी दलहरूले छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै मञ्चन प्रिमियर स्थगित गरिएको हो ।

सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै कलाकार, अतिथि र दर्शकको सुझाव तथा सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिनुपरेको रेखाले उल्लेख गरेकी छिन् । ‘आजको असहज राजनीतिक परिस्थितिका कारण आजकै लागि तय गरिएको मेरो पहिलो नाटक ‘मीरा’ को प्रिमियर स्थगित गर्नु परेको जानकारी गराउनुपर्दा अत्यन्तै दुःखी छु । कलाकार, दर्शक र अतिथिको सुझाव तथा सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिनुपर्यो,’उनले लेखेकी छिन् ।

यो नाटकको प्रिमियर आगामी १९ जेठमा हुनेछ । यो नाटकको लागि टिकटहरू बिक्री भैसकेको थियो । यसअघि राजनीतिक स्थितिलाई ध्यानमा राख्दै भन्दै आजदेखि रिलिज हुने भनिएको फिल्म ‘महाभोज’को प्रदर्शन पनि स्थगित गरिएको थियो ।

प्रतिक्रिया