काठमाडौं । गायक तथा संगीतकार पुष्कर सुनुवारको स्वरमा ‘मन चोर्नेलाई’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ ।
शीतल कादिम्बिनीको शब्द, सुरेश अधिकारीको संगीत, गायक सुनुवारकै संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् ।
मोहन सुनुवार ‘नबिन’ को छायांकन र सम्पादन रहेको भिडियो गायक सुनुवारको आफ्नै अफिसियल युट्युब च्यानबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया