दीपिका र सन्दीपको विवाद बढ्दो

नयाँ दिल्ली । सन्दीप रेड्डी वांगाको आगामी बलिउड चलचित्र ‘स्पिरिट’बाट दीपिका पादुकोण बाहिरिएकी छन् । दीपिकाको ठाउँमा अभिनेत्री तृप्ति डिमरी देखिदैँ छिन् । दीपिकाले अव्यावसायिक माग गरिरहेको आरोप लागेको थियो । अब सन्दीपले दीपिकाको नाम नलिई उनले चलचित्र छोड्ने बित्तिकै चलचित्रको स्क्रिप्ट लिक गरेको आरोप लगाएका छन् ।

सन्दीपले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । उनले यसलाई फोहोरी खेलसमेत भनेका छन् । उनले एक उखान लेख्दै कटाक्षसमेत गरे । सन्दीपले ‘कबीर सिंह’ र ‘एनिमल’जस्ता ब्लकबस्टर चलचित्र निर्देशन गरिसकेका छन् । उनले आफ्नो पोस्टमा कसैको नाम उल्लेख नगरे पनि पोस्ट दीपिका पादुकोणप्रति लक्षित भएको सबैले अनुमान छ ।

यस चलचित्रमा प्रभासको अपोजिटमा दीपिका पादुकोणलाई कास्ट गरिएको थियो । दीपिका गर्भवती भएको कारणले चलचित्र छोड्न चाहन्थिन् । सन्दीप रेड्डी वांगाले उनको लागि चलचित्रको छायांकन पनि स्थगित गरेका थिए । यसका बाबजुद पनि दीपिकाले चलचित्रमा काम गर्नका लागि धेरै सर्तहरू राखिन् । अभिनेत्रीको बढ्दो मागबाट असन्तुष्ट सन्दीप रेड्डी वांगाले उनलाई चलचित्रबाट हटाएका हुन् ।

प्रतिक्रिया