इन्फा अवार्डको मनोनयन सार्वजनिक

काठमाडौँ । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) को मनोनयन सार्वजनिक भएको छ । बेलायतको लन्डन सहरमा भदौ २८ गते हुने अवार्डको शीर्ष ५ मनोनयन सार्वजनिक गरिएको हो ।


जुरी संयोजकमा गौरी मल्ल, सदस्यमा रमेश बुढाथोकी र करुण थापा रहेका छन् । सन् २०२४ को जुन २८ (असार १४ गते) पछि प्रदर्शनमा आएका फिल्महरू मध्येबाट जुरीहरूले उत्कृष्ट ५ को मनोनयन छनोट गरेका हुन् । इन्फा इभेन्टस् युके र इन्फा नेपालको आयोजनामा हुने अवार्ड १७ विधाका मनोनयन घोषणा गरिएको छ ।

यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड, जुरी अवार्ड, पपुलर अवार्ड, पर्फमर अफ दि एयर र पब्लिक च्वाईस अवार्ड गरी कुल २६ विधामा अवार्ड प्रदान गरिने अवार्ड संयोजक मनिष कार्कीले जानकारी दिए ।

प्रतिक्रिया