‘जन्ते बाख्रो’को ट्रेलर रिलिज

काठमाडौँ । २३ जेठदेखि प्र्रदर्शन हुने चलचित्र ‘जन्ते बाख्रो’को सोमबार ट्रेलर रिलिज भएको छ । सोमबार कार्यक्रम आयोजना गरी निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।

मुइन इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक सुनुवारका अनुसार फिल्मको कथा विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित सामाजिक कमेडी कथावस्तुमा केन्द्रित छ । निर्माण पक्षका अनुसार फिल्म २३ जेठमा नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया