अभिमत सहकारीका बचतकर्ता आन्दोलित

काठमाडौं । अभिमत सहकारीका बचतकर्ता आन्दोलित भएका छन् ।

सहकारी बचतकर्ताको बचतबाट खरिद गरिएको अभिमत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन सञ्चालकले बिक्री गरेको थाहा पाएपछि आज सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) न्युरोडस्थित सो सहकारीको भवनमा भेला भई सञ्चालकलाई खबरदारी गरेका छन् ।

आफ्नो बचतबाटै सो भवन किनेको र आफूहरुलाई जानकारी नै नदिने बिक्री गरेको आरोप उनीहरूले लगाएका छन् ।बचतकर्ताको करीब १६ अर्ब रकम हिमामिन गरेका सो अभिमत बचत तथा ऋण सहकारीका सञ्चालक शिव लामिछाने, विकास लामिछाने र मानबहादुर विकलाई बचत फिर्ता गर्न र कारबाहीको माग राख्दै सहकारी पीडितहरु भेला भएका हुन् ।

प्रतिक्रिया