‘जहाजैमा’को प्रदर्शन फागुनमा

काठमाडौँ । चलचित्र ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु हुनुभन्दा अगावै निर्माणपक्षले १ फागुनलाई प्रदर्शन मिति तय गरेको हो । चलचित्रको निर्माणपक्षले आरआर चलचित्रस्सँग वितरणको सहकार्य गर्दै १ फागुनबाट चलचित्र रिलिज गर्ने घोषणा गरेको हो । चलचित्रलाई आरआर चलचित्रस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।

कृषा चौलागाईंको निर्देशनमा बन्ने यो चलचित्रमा अभिमन्यू निरवीको लेखन, पुरुषोत्तम प्रधानको डिओपी रहनेछ । यो चलचित्रमा केदार घिमिरे, सौगात मल्ल, जापानिज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन् । अन्य, कलाकारहरू पनि चलचित्रमा फाइनल गर्ने चरणमा रहेको निर्माणपक्षले बताएको छ ।

भदौबाट यो चलचित्रको छायांकन जापानमा सुरु हुनेछ । हाल चलचित्रको प्रि–प्रोडक्सनको काम तीव्र रूपमा अगाडि बढिरहेको छ ।

उज्ज्वल गुरागाइँको निर्माणमा तयार हुन लागेको चलचित्रलाई युएनए प्रोडक्सनको ब्यानरमा बनाउन लागिएको हो । चलचित्रलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ । चलचित्रलाई उत्कृष्ट बनाउन आफूहरूले कुनै कसर बाँकी नराख्ने निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया