एक्जिम कोड लिँदा बैंक जमानत राख्नु नपर्ने

काठमाडौँ । भन्सार विभागले निकासी पैठारी संकेत (एक्जिम कोड) लिँदा बैंक जमानत राख्नुपर्ने प्रावधान हटाएको छ । यसअघि एक्जिम कोड लिँदा बैंक जमानत राख्नुपर्ने व्यवस्था गरेकोमा फुकुवा गरेको विभागले जनाएको छ । निकासी पैठारी संकेत नम्बर प्रदान गर्दा साविकमा भन्सार विभागको नाममा ३ लाख रुपैयाँ बराबरको बैंक जमानतसम्बन्धी व्यवस्था थियो ।

भन्सार नियमावली, २०६४ (१६आँै संशोधन २०८२ को नियम ६६घ को उपनियम (२) को खण्ड (ख) र नियम ६६६१ को उपनियम (३)बाट हटाइएको विभागले जनाएको छ । साथै, उक्त व्यवस्था हटाएसँगै बैंकका शाखा कार्यालयहरूमा विभिन्न पैठारीकर्ताहरूले एक्जिम कोड लिँदा राखेको ३ लाख रुपैयाँ बराबरको बैंक जमानत फुकुवा गर्न विभागले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया