एनएमबी बैंक र चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता

काठमाडौँ । समावेशी र मूल्य–आधारित बैंकिङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेसागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यले एनएमबी बैंक र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालबीच सम्झौता भएको छ । मंगलबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता स्वरूप सम्झौता गरिएको एनएमबी बैंकले जनाएको छ । एनएमबी बैंकले वित्तीय साक्षरताको प्रवद्र्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो ।

प्रतिक्रिया