चाैथाइवाले फर्कनासाथ भाजपा नेता कोश्यारी नेपालमा

काठमाडौँ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले ३ दिने नेपाल भ्रमण गरी दिल्ली फर्केको साता नबित्दै सोही पार्टीका अर्का नेता नेपाल भ्रमणमा आएका छन् ।

राजनीतिक भेटघाटकै उद्देश्य राखेर भाजपा नेता भगतसिंह कोश्यारी नेपाल आएका हुन् । उनले बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्डको निवास खुमलटार पुगेर उनले भेट गरेका हुन् ।

नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न उच्च राजनीतिक भेटघाट गर्ने स्रोतले जनाएको छ । नेता कोश्यारी सत्तारुढ दल भाजपाभित्र नेपालसम्बन्धी जानकार नेताका रूपमा मानिन्छन् । उनी दुई देशले गठन गरेको नेपाल भारत – प्रवुद्ध व्यक्तिहरुको समूह(इपीजी)मा भारतको तर्फबाट संयोजक समेत थिए ।

प्रतिक्रिया