आन्दोलित शिक्षकहरूले छाडेपछि यस्ताे देखियाे बिजुलीबजार (तस्विरहरू)

काठमाडौं । करिब एक महिना लामो समय आन्दोलनपछि सरकारसँग सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका छन् । २९ दिनसम्म शिक्षकहरुले बिजुलीबजार–बानेश्वर क्षेत्रको सडकमा प्रदर्शन गरेका थिए ।

शिक्षक आन्दोलनका कारण एक महिना यो क्षेत्रको यातायात प्रभावित हुन पुग्यो । गत चैत २० गतेबाट आन्दोलन सुरु गरेका देशभरका शिक्षकहरु बुधबार सरकारसँगको सहमतिपछि कर्मथलो फर्किएका हुन् ।

शिक्षकहरु घर फर्केसँगै बानेश्वर–बिजुलीबजार क्षेत्र आफ्नो पुरानो रूपमा फर्किएको छ । सवारीसाधन निर्वाध चल्न थालेका छन् । हेरौँ बिहीबार खिचिएका केही तस्विरहरु

प्रतिक्रिया