राजावादीले गरे एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड र आगजनी

काठमाडौं । शुक्रबार राजतन्त्र ल्याउने उदेश्यले राजावादीहरुले गरेको प्रदर्शनमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोक नगरमा तोडफोड र आगजनी भएको छ ।

काठमाडौंको तीनकुनेस्थित शान्तिनगरमा रहेको उक्त पार्टीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् । त्यसअघि कोटेश्वरमा नेपाल प्रहरीको गाडीमा पनि आगजानी भएको थियो ।

तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका थिए ।

प्रतिक्रिया