चैतमा बैंकहरूकाे ब्याजदरमा स्थिर

काठमाडौँ । वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पछिल्ला ६ महिनादेखि ब्याजदरमा स्थिर देखिएका अधिकांश वाणिज्य बैंकहरूले चैत महिनाका लागि पनि ब्याजदर स्थिर नै राखेका छन् । बैंकहरूले फागुनकै ब्याजदरलाई चैतमा पनि निरन्तरता दिने भएका हुन् ।


१८ वटा वाणिज्य बैंकहरूले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् । २ बैंकहरूले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउनेमा नेपाल बैंक र हिमालयन बैंक छन् । नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर शून्य दशमलव १ प्रतिशत बिन्दुले घटाउँदा हिमालयन बैंकले भने यस्तो मुद्दति निक्षेपको अधिकतम ब्याजदर शून्य दशमलव ७५ प्रतिशत विन्दुले घटाएको हो ।

प्रतिक्रिया