सांग्रिला डेभलपमेन्ट बैंककाे ‘सांग्रिला क्विज’ सम्पन्न

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको सांग्रिला क्विज २०८१ सम्पन्न भएको छ । काठमाडौँमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्री राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौँ क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो तथा सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बिसी दोस्रो भएका छन् ।

पहिलो हुने सुवेदी र श्रेष्ठले जनही ६० हजार तथा दोस्रो हुने चौधरी र बिसीले जनही ४० हजार रूपैयाँ पुरस्कार पाए ।
कार्यक्रममा विजेतासहित कन्ट्री राउन्डमा पुगेका सबै प्रतिस्पर्धीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले पुरस्कार र मायाको चिनो प्रदान गरे ।

प्रतिक्रिया