सिटिजन्स बैंक र जननी फर्टिलिटीबीच छुट सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र ललितपुरको कुपन्डोलस्थित जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिकमा ५ प्रतिशत औषधि छुट, १० प्रतिशत प्याथोलोजी टेस्ट छुट र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया