काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याक लुब्रिकेन्ट्सले महिला राइडर्सको भेटघाट र र्याली कार्यक्रमको आयोजनासम्पन्न गरेको छ । ‘एक्सेलेरेट एक्सन : हर डे, हर वे’ शीर्षकमा गरिएको सो कार्यक्रम सिप्रदी ट्रेडिङको थापाथली कार्यालयबाट आरम्भ भई ललितपुरको सातदोबाटोमा रहेको स्विमिङ कम्प्लेक्समा पुगी सम्पन्न भएको थियो । सिप्रदी ट्रेडिङ भारत पेट्रोलियमद्वारा उत्पादित म्याक लुब्रिकेन्ट्सको नेपालको लागि एक मात्र अधिकारिक बिक्रेता हो ।
राइडर्स र्यालीको उद्घाटन सिप्रदी ट्रेडिङका सिइओ राजनबाबु श्रेष्ठ, सिओओ राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरवराज थपलिया, ल्युब डिपार्टमेन्ट प्रमुख दिनेश केसी र भारत पेट्रोलियमका कन्ट्री हेड मिहिर ज्योति दत्ताद्वारा झण्डा फहराएर संयुक्त रूपमा गरेका थिए । र्यालीमा सुरक्षा केसी र वर्षा बस्नेतजस्ता लोकप्रिय इन्फ्लुन्सर तथा राइडर्सलगायत विभिन्न क्षेत्रका ऊर्जावान महिलाहरूको सहभागिता थियो ।
प्रतिक्रिया