काठमाडौं । पुष्प व्यवसायको बिकास, बिस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गर्न लागेको २६औँ फ्लोरा एक्स्पोको तयारी पूरा भएको छ । एसोसिएसनले १ देखि ४ चैतसम्म ‘२६औँ फ्लोरा एक्स्पो’ भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन गर्न लागेको हो । २०५१ सालदेखि निरन्तर रूपमा हरेक बर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ ।
एक्स्पो(मेला)मा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनीहरू, व्यवसायीहरू तथा विभिन्न संघसंस्थाहरूको सहभागिता रहने मेला संयोजक रामबहादुर तामाङ (सुनिल)ले जानकारी दिए ।
मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारिक बोट बिरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउवीजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, थोपा सिँचाइ प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमलाहरू, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहनेछन् ।
फ्लोरा एक्स्पा (मेला) अवधिभित्र करिब ६० हजार अवलोकनकर्ताद्वारा अवलोकन गर्ने तथा १ करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा लिइएको तामाङले बताए ।
प्रतिक्रिया