तापक्रममा भएको वृद्धिका कारण हिमालमा हिउँको पग्लिने गति अर्थात् मेल्टिङ रेट बढ्यो । सरदर जति हिऊँ प¥यो त्यो भन्दा बढी पग्लियो भने के हुन्छ ? परेको हिउँ सबै पग्लिने मात्रै होइन, पहिला पहिला थुप्रिएको हिउँ पनि पग्लिने भयो । हिउँ धेरै पग्लिएपछि हिमताल धेरै बन्ने भए । भएका हिमतालमा पानी बढी हुने भयो । हिमतालको वरिपरि हिउँबाट झरेको गेग्रानले बनाएको कमजोर बाँध तोडेर हिमताल फुट्छ । हिमताल फुट्दा धेरै बाढी आउने र मानिसलाई असर गर्ने हुन्छ । त्यस्ता घटना नेपालमा पनि बढ्दै गएका छन् ।
— हामीले के बुझ्नुपर्यो भने जलवायु परिवर्तनले हिजो ५० वर्षको अन्तरालमा ३ वटा ठुला बाढी आउँथ्यो भने अब त्यो २० वर्षमा ३ वटा आउन सक्छ र पहिलाभन्दा ठुला घटना घट्न सक्छन् । मेलम्चीको बाढी, रोसीको बाढी, सन् २०१४ मा पोखराको सेती नदीमा आएको बाढी केही उदाहरण हुन् ।
अनन्तकालदेखि पृथ्वीमा जल र वायुको परिवर्तन निरन्तर छ । जलवायुकोे परिवर्तनका कारणले गर्दा पृथ्वीमा पानी पर्छ अथवा तापक्रमको घटबढले एउटा प्राकृतिक जलचक्र बनेको हुन्छ । त्यही चक्रको आधारमा हाम्रो जीविकोपार्जन हुन्छ । त्यसैको आधारमा विभिन्न पारिस्थितिक प्रणालीहरू बनेका छन् । ती प्रणालीहरूमा विभिन्न जनावर, जलचर, कीरा, वनस्पतिहरू आश्रित हुन्छन् वा त्यो प्रणालीको सदस्य बनेका हुन्छन् । पृथ्वीको आफ्नै चक्र चलिरहेको थियो । तर, विगतका ३०० वर्षमा विश्वमा ठुल्ठुला औद्योगिक क्रान्ति नै भए । जस्तो, १७औँ शताव्दीको सुरुमा वाष्प इन्जिनको विकास भयो । त्यो इन्जिनले कोइलाको व्यापक प्रयोग ग¥यो । अलि पछि पेट्रोलियम पदार्थहरूको खपत हुन थाल्योे र त्यसबाट इन्जिनको युगले थप गति लियो ।
मानिसले भौतिक विकासमा फड्को मा¥यो । गाडी व्यापक हुँदै गयो । रेल, जहाज बने । रेल र सडक मार्ग त्यही गतिमा बने । त्यसैगरी फ्याक्ट्रीहरू बने । एकदमै ठूलो आर्थिक क्रान्ति पनि भयो । मान्छेले गरेको विकासले गति लिइरहँदा कोइला र पेट्रोलियम पदार्थजस्ता जिवास्म इन्धनको अत्यधिक प्रयोगले पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइडजस्ता हरितगृह ग्याँसको उत्सर्जन एकदमै बढ्यो । हुनत कार्बनडाइअक्साइड ग्याँस पहिले पनि पृथ्वीको वायुमण्डलमा थियो । जसको कारणले गर्दा पृथ्वीको तापक्रम सरदर अहिले मान्छे बस्नयोग्य छ । तर भइदियो के त भन्दा मान्छेले यतिधेरै उत्सर्जन ग¥यो कि वायुमण्डलमा रहेको कार्बनडाइअक्साइड ग्यासको जुन तह छ, त्यो बाक्लो भयो । सन् १८५० को दाँजोमा हेर्ने हो भने सन् २०२२ म विश्वव्यापी उत्सर्जित डाइअक्साइड ग्यासको उत्र्सजन १८२ गुणाले बढेको छ । त्यो गतिमा बढेको उत्सर्जनले वायुमण्डलमा कार्वनडाइअक्साइड ग्यासको तह बाक्लो बनाइदियो जसका कारण पृथ्वीको सरदर तापक्रम तापक्रम १ दशमलव १ डिग्री बढ्यो ।
पृथ्वीमा पारिस्थितिक प्रणालीहरू छन् । जुन एउटा स्थिर तापक्रममा चलायमान छन् । कम्तिमा पनि गएको १२ हजार वर्ष पृथ्वी एउटा सरदर स्थिर तापक्रममा चलेको थियो । तर गएको २०० वर्षमा पृथ्वीको तापक्रम सरदर १ दशमलव १ डिग्री सेल्सियस बढ्नु भनेको सामान्य कुरा होइन । यदि यसैगरी हरितगृह ग्याँसहरू उत्सर्जन गर्दै जाने हो भने यो शताब्दीको अन्त्यसम्म ४ डिग्री सेल्सियससम्म पृथ्वीको तापक्रम बढ्छ भनिएको छ । यदि जिवाश्म इन्धनको सट्टा नवीकरणीय ऊर्जा प्रयोग गर्न सकियो भने कार्बन उत्सर्जन घट्छ र तापक्रम पनि घट्छ । तर ऊर्जा खपतको अहिलेको विश्वव्यापी होड् हेर्दा यो घट्नेवाला देखिँदैन ।
तापक्रममा भएको वृद्धिका कारण हिमालमा हिउँको पग्लिने गति अर्थात् मेल्टिङ रेट बढ्यो । सरदर जति हिउँ प¥यो त्यो भन्दा बढी पग्लियो भने के हुन्छ ? परेको हिउँ सबै पग्लिने मात्रै होइन, पहिला पहिला थुप्रिएको हिउँ पनि पग्लिने भयो जसका कारण हिमालमा हिउँको मात्रा कम हुँदै गएको छ भन्ने अध्ययनहरूले देखाइरहेका छन् । सधैँ हिमालमा हिउँ किन हुन्छ भने हिमालमा जति हिउँ पर्छ त्योभन्दा कम पग्लिन्थ्यो ।
हिउँ धेरै पग्लिएपछि हिमताल धेरै बन्ने भए । हिमतालमा पानी बढी हुने भयो । हिमतालको वरिपरि हिउँबाट झरेको गेग्रानले बनाएको कमजोर बाँध तोडेर हिमताल फुट्छ । हिमताल फुट्दा धेरै बाढी आउने र मानिसलाई असर गर्ने हुन्छ । त्यस्ता घटना विगतका केही दशकमा नेपालमा पनि बढ्दै गएका छन् ।
नेपालमा ४ महिना व्यापक पानी पर्छ । बाँकी ८ महिना लगभग सुक्खा हुन्छ । हाम्रो वार्षिक रूपमा हुने वर्षाको ८० प्रतिशतभन्दा बढी पानी त वर्षाको ४ महिनामा नै पर्छ । नदीमा जुन पानी बाह्रैमास बग्छ, त्यसको केही हिस्सा हिमालबाट पग्लेको हिउँको हुन्छ । यदि हिउँको मात्रा पनि घट्दै जाने र पग्लने गति पनि बढ्दै जाने हो भने त्यसले नदीहरूको बहावमा परिवर्तन आउँछ । नदीको बहाव घट्ने, बढ्ने हुन्छ । त्यो हिजो पनि हुन्थ्यो । तर हिउँ पग्लिने कुरामा फेरबदल भएको हुनाले हिजो जुन गतिमा, जुन समयमा नदी जसरी बग्थ्यो, त्यसरी बग्दैन । कम बग्छ वा बढी बग्छ । नदीको बहावमा समस्या आउँछ । त्यसले के प्रभाव पार्छ भनेर हेर्नुभयो भने, नेपालको मुख्य ऊर्जाको स्रोत जलविद्युत् (हाइड्रोपावर) हो । नदीमा आउने पानीको बहावको फेरबदलले गर्दाखेरी ऊर्जा उत्पादनमा पनि समस्या बढ्छ ।
जलवायु परिवर्तनको कारणले गर्दा पानीको पर्ने प्रक्रिया पनि परिवर्तन भएको छ । हिजो पानी जुन समयमा पथ्र्यो अहिले परिरहेको छैन । उदाहरणका लागि केही समयअघिको रोसी खोलाको वितण्डा हेरौँ । त्यहाँ छोटो समयमा धेरै पानी प¥यो । त्यो पनि एकै ठाउँमा बढी प¥यो । त्यही पानी छरिएर परेको भए क्षति कम हुन्थ्यो । पानी पर्ने प्रक्रिया वा चक्रमा परिवर्तन आयो । उदाहरणका लागि महाभारत पहाडको काठमाडौँभन्दा पछाडिको दक्षिण भेग छ, त्यहाँ व्यापक पानी प¥यो । तर काठमाडौँको उत्तरी भागमा कम पानी प¥यो । यदि उत्तरी भागमा त्यति पानी परेको भए, काठमाडौँ पनि धेरै क्षति हुन्थ्योे । यसबाट हामीले के बुझ्नुप¥यो भने जलवायु परिवर्तनले हिजो ५० वर्षको अन्तरालमा ३ वटा ठुला बाढी आउँथ्यो भने अब त्यो २० वर्षमा ३ वटा आउन सक्छ र पहिलाभन्दा ठुला घटना घट्न सक्छन् । मेलम्चीको बाढी, रोसीको बाढी, सन् २०१४ मा पोखराको सेती नदीमा आएको बाढी केही उदाहरण हुन् ।
सन् २०२३ मा भारतको सिक्किममा त्यस्तै ठुलो बाढी आयो भने सन् २०२१ पनि भारतकै उत्तराखण्डमा पनि भयंकर ठुलो बाढी आएको थियोे । त्यस्तै सन् २०२२ मा पाकिस्तानमा आएको ठुलो बाढीमा झण्डै १ हजार ८०० मानिसको मृत्यु भयो । हिमालय पर्वतभरि नै त्यस्ता घट्ना बढ्दै गएका छन् भन्ने पनि अध्ययनहरूले देखाएका छन् ।
हिमालय पर्वत हेर्नुभयो भने अफगानिस्तानदेखि म्यान्मारसम्मको लगभग ३ हजार ५०० मिलोमिटरको हिन्दकुश हिमालय छ, त्यहाँबाटै एसियामा बग्ने सबैभन्दा ठुला नदीहरूको उदय हुन्छ । जस्तो इन्दु, ब्रम्हपुत्र, गंगा, इराबन्डी, मेकङ, चीनमा बग्ने सबैभन्दा ठुला नदीहरू जस्तै यलो रिभर, याङ्से । एसियाका सबैभन्दा ठुला नदीहरूको उदय यही हिमालय पर्वतको सेरोफेरोमा हुन्छ । त्यसकारण यो नदीहरूको राजधानी पनि हो ।
हाम्रो देश त नदी नै नदीको देश हो । हाम्रो जीवनचर्या, दैनिकी, विकास सबै कुरा नदीको सेरोफेरोमा चलिरहेको छ । हाम्रा मुख्य राजमार्गहरू नदी किनारमै छन् । बिपी राजमार्ग कति दुःख गरेर बनाइयो तर सिद्धिन ४८ घण्टा पनि लागेन । बिजुलीको मुख्य स्रोत जलविद्युत् पनि नदीहरूकै पानीबाट निकालिएको छ । नदी किनारमा ठुलाठुला सहर उभिएका छन् । हाम्रो मुख्य लगानी त त्यहीँ छ नि ।
त्यसकारणले गर्दा यसलाई सामान्यतया नदीको विषय वा तटीय क्षेत्रमा २–४ वटा घर बगाउने विषय भन्ने होइन । समग्र जलवायु चक्रमा जुन परिवर्तन आइरहेको छ त्यो चक्रमा आएको परिवर्तनलाई बुझ्न मिहीन तरिकाको अध्ययन गर्नुपथ्र्यो त्यसरी बुझिएको छैन ।
हामीले विकासमा हतारो त गरिरहेका छौँ तर त्यसले हामीलाई प्रतिफल दिइरहेको छैन । हामीले के बुझ्नुप¥यो भने यसको पानीको चरित्र कसरी परिवर्तन भइरहेको छ भनेर मिहीन अध्ययन गरी त्यसअनुसारको विकास गर्नुपर्नेमा हामी त्यसलाई नजरअन्दाज गरेर अगाडि बढिरहेका छौँ ।
हिमताल फुटेर नदीमा आउने बाढीले जलविद्युत् आयोजनालाई भताभुंग पारिदिन सक्छ । भोटेकोसीमा त्यस्तो भएको छ । हाम्रा हिमतालहरू कसरी बन्दैछन् र त्यहाँ के परिवर्तन भइरहेको छ भन्ने विषयमा गहिरो अध्ययन गर्न जरुरी छ ।
अधिकांश हाइड्रोपावर रन अफ द रिभर अर्थात् नदीको बहावको आधारमा बनेका छन् । खोलामा पानी आउँछ र त्यो पानीको मात्राको आधारमा बिजुली निकाल्छौँ । हाम्रो देशको लगभग ९०÷९५ प्रतिशत जलविद्युत् रन अफ द रिभर छ । पानीको बहावमा आउने फेरबदल हुनेबित्तिकै त्यसले उत्पादनमा असर गर्छ ।
रोसीमा जस्तो बाढी भोटेकोसीमा तामाकोसीमा आयो भने त तुरुन्तै लोडेसेडिङ सुरु हुन्छ जहाँ हाम्रा ठुला जलविद्युत् आयोजनाहरू छन् । त्यसैले जलवायु परिवर्तनबाट हाइड्रोपावर क्षेत्रमा खतरा छ । हामी जहाँ पनि जलविद्युत् निकाल्ने जसरी पनि निकाल्ने भन्नेमा छौँ वा प्रकृतिलाई जित्छौँ भन्ने जुन दम्भ छ, त्यसले हामीलाई दुःख नै दिनेछ ।
जलचरमा असर
संसारका नदीहरूको कुल लम्बाइ १ करोड २० लाख किलोमिटर रहेको छ । अहिले संसारभरका ६० प्रतिशत नदीहरूमा बाँध बाँधिएको छ । कहीँ सिँचाइ गरिएको छ । कहीँ हाइड्रोपावर निकालिएको छ । हाम्रोमा पनि बर्खामा पानी धेरै भएका बेला बाँध खोलिदिने, हिउँदमा भने पूरै बन्द गरिदिने । पानी बगेर जान्छ र फर्केर आउँछ । नदी बगेर सिद्धिन्छ र ? जलविद्युत् आयोजनाहरूले सधैँभरी नदीमा कम्तिमा १० प्रतिशत पानी छाड्नुपर्छ भन्ने नियम छ तर कसैले पालना गर्दैन । नदीले पारिस्थितिक प्रणालीहरूलाई पनि जोड्दै जान्छ यस्तो खालको पारिस्थितिक प्रणाली अंगभंग भयो भने विभिन्न असर पार्छ । जलचरलाई असर पार्ला । पानी पर्ने प्रक्रियालाई असर पार्ला । स्थानीय वातावरणमा परिवर्तन आउन सक्छ । यसले गर्दा अरू धेरै जीवजन्तुलाई असर पर्छ । माछाहरूको प्रजाति हराउन सक्छ । जलचर भनको माछा मात्रै होइन, धेरै प्रजाति छन् । जसले कुनै नै कुनै रूपमा यो पृथ्वीमा आफ्नो भूमिका खेलिरहेका छन् । पृथ्वीमा रहेको पानीमध्ये जम्मा १ प्रतिशत पानी मात्रै नदीनाला तालतलैयामा छ । त्यो पानीमा २३ हजार प्रजातिका जलचरहरू अहिलेसम्म पत्ता लगाइएको छ । जसमध्ये एकचौथाइ लोप हुने संघारमा छन् । यो सामान्य कुरो पक्कै होइन । तिनीहरू एकातिर विकासका मारमा परेका छन् अर्कोतिर जलवायु परिवर्तनको मारमा ।
तराई क्षेत्रमा हुने प्रभाव
पहाडको पानी तराई जाने हो । ढुंगा, गिट्टी, बालुवा गएर त्यहाँ थुप्रिन्छ । कतिपय ठाउँमा ढुंगा, गिट्टी, बालुवा थुप्रिएर खोला माथि छन् भने बस्ती तल । यहाँ ढुंगा, गिट्टी, बालुवा निकाल्ने बारेमा छलफल बढी भएको देखिन्छ । त्यो हाम्रो स्रोत हो । तर, त्यसलाई कसरी, कति निकाल्ने ? कति राजस्व उठाउने ? राजस्व उठाएर त्यही नदी संरक्षणमा कति खर्च गर्ने भन्ने कुरा हुनुपर्ने हो । तर, जहाँ सकिन्छ त्यहाँबाट, जसरी मनलाग्छ त्यसैगरी ढुंगा, गिट्टी, बालुवा निकाल्दा नदीको दोहन जथाभावी भइरहेको छ ।
पानी आफैँ रिचार्ज हुन्छ । मुख्यगरी भारतको युपी र बिहारमा जमिनबाट एकदमै धेरै पानी निकालिएको छ । छेउमा हाम्रो मधेस छ । यसले गर्दा हाम्रो पानीको तह घट्दै गयो । अर्कोतर्फ नदीमा यतिधेरै फोहोर फालिएको छ, जसले गर्दा सहरी क्षेत्र भएर बग्ने नदीहरूलाई ध्वस्त बनाएको छ । पहाडमा बाटो खनेर आएको ढुंगा माटो खोलामा फालिन्छ । खोलाले त्यो बगाएरै लाने हो । बग्दै जाने मधेस, भारत वा बंगलादेश जाने हो ।
हाम्रो अगाडि जे छ त्यो मात्रै प्रकृति हो भन्ने होइन । बंगालको खाडीबाट वाफ आउँछ र न यहाँ पानी परेर फेरि नदी बग्छ । हिमाल, पहाड, तराई जलवायु परिवर्तनका असर फरक–फरक हुन्छन् । स्केल फरक–फरक हुन्छ । तर असर सबैलाई पर्छ ।
जलवायु परिवर्तनले नदी प्रणालीमा कुन स्तरको प्रभाव पार्छ भन्नेबारेमा हामीकहाँ खासै अध्ययन भएको छैन । रोसीको बाढी आउनुअघि सरकारी संयन्त्रले एकदम ठुलो पानी आउँदै छ, सचेत हुनु भनेको थियो । तर त्यो पूर्वसूचनालाई न सरकार न समुदायले विश्वास ग¥यो । विदेशीले अनुसन्धान गरेर अलिअलि तथ्यांक आयो तर हामीसँग मिहीन तरिकाले अध्ययन गर्ने परिपाटी नै छैन । प्रोजेक्ट आएपछि मात्र होइन, नियमित अध्ययन गरेर विश्लेषण गर्नुप¥यो । परिवर्तनलाई हेर्नुप¥यो । मेलम्चीमा पनि हेरौँ । जलवायु परिवर्तनको असर मात्रै होइन अहिलेको विपद्लाई बढाउन हामीले गरेको कुविकासको पनि ठुलो हात छ । हामीले विगतबाट सिक्न सकेनौँ । विज्ञानलाई विश्वास नै गर्दैनाँै ।
अबको बाटो
पृथ्वीको बढ्दो तापक्रम हामीले घटाउन सक्दैनौँ । यो हामीले सक्ने विषय पनि होइन । हामीले अन्तर्राष्ट्रिय फोरममा गएर तिमीहरूले तापक्रम घटाउनलाई कार्बनडाइअक्साइड जस्ता हरित ग्याँसको उत्र्सजन कम गर भनेर दबाब दिने नै हो । अति कम विकसित समूहका देशहरूले विकसित देशहरूलाई अन्तर्राष्ट्रिय फोरमहरूमा गएर कुरा राख्नुपर्छ । हानि नोक्सानीको पैसा पनि आएको छैन । थोरै थोरै आएको पैसा पनि खर्च गर्न सकेको अवस्था छैन । अन्तर्राष्ट्रिय रूपमा आउने पैसामा मात्रै भर परेर हुँदैन । हामीले जे रकम विकासमा खर्च गरेका छौँ, त्यही रकम पनि सही तरिकाले खर्च ग¥यौँ भने पनि प्रभाव कम गर्न सकिन्छ । हाम्रो काम हरित ऊर्जा प्रयोग गर्ने हो । हामीले घटाएको उत्सर्जनले संसारमा कुनै प्रभाव पर्दैन तर हाम्रै सेरोफेरो राम्रो हुन्छ । हाम्रो उद्देश्य उत्सर्जन घटाउनेतिरभन्दा पनि कम गर्नेतिर र विकासलाई राम्रो बनाउनेतिर हुनुपर्छ ।
कसरी वातावरणीय प्रभावलाई न्यूनीकरण गरेर विकास गर्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्नेमा वातावरण विकासको बाधक हो भन्ने भाष्य स्थापित गराउने काम भइरहेको छ । त्यसले अन्ततः हामीलाई हानि नै पु¥याउने हो लाभ गर्दैन ।
(भुसाल ‘छालबाटो : कैलाशदेखि गंगासम्म’ पुस्तकका लेखक हुन् ।)
प्रतिक्रिया