काठमाडौं । १४ औं संस्करणको कँडेल कप फागुन अन्तिम साताबाट सुरु हुने भएको छ । अस्ट्रेलियाको मेलबर्नस्थित यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आएको फुटबल प्रतियोगिता आगामी २४ र २५ फागुनमा हुन लागेको हो ।
प्रतियोगिताका सम्पूर्ण खेल मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोट्र्स सेन्टरमा आयोजना हुनेछ। यो संस्करणमा कुल ४० टोली सहभागी हुनेछन् । खुला प्रतिस्पर्धातर्फ २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् भने ३५ वर्षमाथिका उमेर समूहमा १६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १२ हजार र उपविजेताले ४ हजार ५ सय डलर पाउने छन्। ३५ वर्षमाथिका समूहको विजेताले २५ सय र उपविजेता टोलीले एक हजार डलर पाउने छन्। त्यसैगरी, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही २०० डलर प्राप्त गर्नेछन् फेयर प्ले अवार्ड जित्ने टोलीलाई पनि २०० डलर दिइने छ ।
प्रतिक्रिया