सिड्नी । कुहिनमा लागेको चोटका कारण अस्ट्रेलियाका क्रिकेट कप्तान प्याट कुमिन्सले अर्को महिना युएई र पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफी गुमाउन सक्ने सम्भावना देखिएको छ । उनले श्रीलंकासँग हुने दुई टेस्टको शृङ्खला भने गुमाउने पक्का भइसकेको छ। भारत विरुद्धको शृङ्खलाका ५ टेस्टमा उनले १५७ ओभर बलिङ गरे । सो क्रममा उनले २५ विकेट लिए ।
च्याम्पियन्स ट्रफीमा २२ फेब्रुअरीमा पहिलो खेल खेल्ने छ । श्रीलंकासँगको टेस्ट सकिएपछि च्याम्पियन्स ट्रफी अघि अस्ट्रेलियाले श्रीलङ्कासँग एउटा एक दिवसीय खेल खेल्ने छ । भारतमा सन् २०२३मा सम्पन्न विश्वकप क्रिकेटको उपाधि दिलाएका कप्तान कुमिन्सले त्यसपछि २ एक दिवसीय खेल मात्र खेलेका छन् । धेरै भार परेको भन्दै उनले खेलहरू छाडेका हुन् । यस क्रममा अस्ट्रेलियाले कप्तानको रूपमा धेरैलाई प्रयोग गरेको थियो ।
उनको अनुपस्थितिमा स्टेभन स्मिथ, मिचेल मार्स र जोस इङ्लिसले टोलीको नेतृत्व गरी सकेका छन् । छनोटकर्ताले काँधको चोट बोकेका जोस हजेलउड भने च्याम्पियन्स ट्रफीमा फिर्ता हुने सम्भावना व्यक्त गरेका छन् ।
श्रीलंकाको भ्रमणमा मिचेल स्टार्क, स्कट बोल्यान्ड र सियन एबट सहितको टोली जानेछ। यी मध्य एबटले त्यहीँबाट टेस्ट डेब्यु गर्ने सम्भावना छ । यसै बिच च्याम्पियन्स ट्रफीको आयोजकबाट पाकिस्तानले तयारीमा गरेको ढिला सुस्ती अर्को समस्या बनेको छ । रावलपिण्डी क्रिकेट रंगशाला, लाहोरको गद्धाफी रंगशालामा तथा कराँचीको नेसनल बैंक रंगशालामा खेल तय भएका छन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेका कारण भारतका खेल भने संयुक्त अरब इमिरेट्समा हुने भएका छन् ।
गत वर्षको अगस्टमा पुर्न निर्माणको काम सुरु भएको थियो । ३१ डिसेम्बरसम्ममा पुन निर्माण सकिने बताइए पनि नसकिएको हो । ८ टोलीको सहभागिता रहेको प्रतियोगिता ९ मार्चसम्म हुने छ । पाकिस्तान िक्रिकेट बोर्डमा अधिकारीहरुले ३४१ डिसेम्बरमा नसकिए पछि जनवरीको पहिलो साातमा हुने बताएका थिए । तथापि त्यस समयमा पनि पुर्न निर्माण हुन सकेन ।
च्याम्पियन्स ट्रफीको समूह एमा भारत, पाकिस्तान ,न्युजिल्यान्ड र बंगलादेश समावेश छन् । यसैगरी समूह बीमा अफगानिस्तान, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिका छन् । दुवै समूहबाट शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवशे गर्ने छन् ।
काठमाडौं– मलेसियामा आयोजना हुने आइसिसी यु–१९ (उन्नाइस वर्षमुनि) महिला विश्वकप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)द्वारा शुक्रबार आयोजित कार्यक्रममा पूजा महतोको कप्तानीमा रहेको नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।
प्रतियोगिता ५ देखि २० माघसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो । विभिन्न १६ राष्ट्र सहभागी विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड छन् । नेपालले समूह चरणको पहिलो खेल ५ माघमा बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । ७ माघमा स्कटल्याण्डसँग दोस्रो खेल खेल्ने नेपालले ९ माघमा अस्ट्रेलियासँग खेल्नेछ ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलंका र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् भने समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् ।
नेपाली युवा टोलीमा कप्तान महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रवीण, स्नेहा महरा, सावित्रा धामी, रचना चौधरी, अनु कडायत, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी र ज्योत्सिका मरासिनी रहेका छन् ।
प्रतिक्रिया