भारतको होटलमा एकै परिवारका पाँच जना मृत भेटिए

नयाँ दिल्ली । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच जना एक होटलमा मृत फेला परेका छन् । उनीहरू मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

घटना राज्यको राजधानी लखनउको हो । मृतक बालबालिका ९ तथा १६ वर्षका रहेका छन् । प्रहरीका अनुसार मृतक बालबालिकाका भाइलाई पक्राउ गरिएको छ ।

घरायसी विवादका कारण हत्या गर्न उनले मृतकको हातखुट्टा काटेको आरोप छ । परिवार लखनउबाट करिब ३५० किलोमिटर टाढा आगरा सहरबाट आएको तथा सोमबार होटलमा चेक इन गरेको थियो ।– रासस

प्रतिक्रिया