काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बिउवीजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् । नेपाल बिउ व्यवसायी संघको २६औँ साधरणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले बिउवीजनमा कृषकहरूको पहुँच बढाउन सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
कृषि क्षेत्रको आधारस्तम्भ बिउ भएकाले समयमै गुणस्तरीय बिउ किसानलाई उपलब्ध गराउन व्यवसायीहरूलाई मन्त्री अधिकारीले अनुरोध गरे । उनले भने, ‘आम नागरिकको घरखेतसम्म बिउ पुग्ने र यसमा समस्या देखिँदा खाद्य संकटसमेत आउन सक्ने भएकाले बिउवीजनमा काम गर्नेहरू थप बढी संवेदनशील हुन जरुरी छ ।’
उन्नत जातका बिउको प्रयोगले उत्पादकत्व बढाउन मात्र होइन, किसानको आयस्तरमा पनि उल्लेखनीय वृद्धि ल्याउन सकिने भन्दै उनले देशको खाद्य सुरक्षालाई सुनिश्चित गर्न सहयोग पु¥याउने बताए । उचित समयमा उपलब्ध हुने गुणस्तरीय बिउवीजनले कृषिको उत्पादन १५ देखि २० प्रतिशत बढाउने तथ्य विश्वव्यापीरूपमा स्थापित रहेको उनले बताए । मन्त्री अधिकारीले बिउवीजनका कारण कृषकको आर्थिक हानि हुने अवस्थामा कृषकलाई क्षतिपूर्ति प्रदान गर्न राज्य निर्मम हुनेसमेत उल्लेख गरे ।
मन्त्री अधिकारीले गुणस्तरीय बिउवीजनमा कृषकहरूको पहुँच बढाउन सरकारले कानुनी, संरचनागत तथा संस्थागत प्रवन्धहरू विगतदेखि नै गर्दै आइरहेको भन्दै बिउवीजन ऐन, २०४५ तथा बिउवीजन नियमावली, २०८१ मा भएका नयाँ व्यवस्थाहरू निजी क्षेत्रमैत्री रहेको पनि बताए ।
प्रतिक्रिया