सुदूरपश्चिम एनपिएल क्रिकेटको उपाधि नजिक

काठमाडौँ । सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि नजिक पुगेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्समाथि ८ विकेटको हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पराजित जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । सो खेलको जितेमा टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनलमा पुग्न जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेटको क्षतिमा १८ दशमलव ३ ओभरमा पूरा गरेको हो । जनकपुरका ओपनर सइफ जइबले ३२ रन जोड्दा उनका प्रारम्भिक साझेदारी ब्याट्सम्यान पार्टनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे । भण्डारीले अविजित ५८ रन जोडे । उनले ५५ बल खेलेर ३ चौका र ३ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले १६ बलमा नटआउट २० रन जोडे ।

जइबले भण्डारीसँग पहिलो विकेटका लागि ७ दशमलव ३ ओभरमा ५६ रनको साझेदारी गरेका थिए । उनी किशोर महतोको बलमा जिमी निशमबाट क्याच आउट भएका हुन् । ब्रान्डन माक्मलेनले २५ रन जोडे । भण्डारीसँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेका माक्मलेनले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे । उनलाई जनकपुरका ललितनारायण राजवंशीले आउट गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोड्यो । जनकपुरका लागि जिमी निशमले ४५ रन जोडे । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । ओपनरद्वय लाहिरू मिलन्था १२ रन र आसिफ शेख ११ रन जोडेर आउट भए । मिलन्थालाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो ओभरमा एलबिडब्लुको धरापमा पारेका थिए । कप्तान आसिफ छैटौँ ओभरमा सइफ जइबबाट बोल्ड भए ।

शुभ कंसाकारले रनआउट हुनुअघि २६ रन जोडे । उनी नवौँ ओभरको अन्तिम बलमा दीपेन्द्रले डाइरेक्ट हिटको सिकार हुँदै रनआउट भए । हर्ष थाकर १२ रन र अरनिको यावदले ११ रन जोड्न सके । थाकर १३औँ ओभरमा जइबको बलमा ब्रेन्डन माक्मलेनबाट क्याच भएका थिए । १६औँ ओभर चल्दै गर्दा अरनिको दीपेन्द्रबाट एलबिडब्लु आउँदा हुँदा जनकपुरले ५ विकेट गुमाउँदा ९७ रन जोड्न सकेको थियो ।

१८औँ ओभरको अन्तिम बलमा मोहमद मोहसिनलाई दीपेन्द्रले ३ रनमा बोल्ड गरे । त्यसअघि दीपेन्द्रलाई ओभरको तेस्रो र चौथो बलमा निशमले लगातार २ छक्का प्रहार गरेका थिए । शेर मल्ल अन्तिम ओभरको पहिलो बलमा अभिनास बोहराको बलमा ३ रनमा क्याच भए । अघिल्लो ओभरमा निशम कुगेलेइनबाट बोल्ड हुनु अघिसम्म जनकपुर समान्य योगफल तर्फअघि बढेको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रले ४ ओभरमा २९ रन खर्चिंदै ३ विकेट लिए । सइफ जइबले २ विकेट लिँदा कुगेलेइन र अभिनासले १–१ विकेट हात पारे ।

बाहिरियो चितवन

चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पराजित चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ । फाइनल प्रवेशका लागि कर्णालीले बिहीबार प्रतिस्पर्धा गर्नेछ ।

कर्णालीले दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । जनकपुर र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर हुँदै छ । यो खेलको विजेता टोली फाइनल पुग्नेछ । बुधबार कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो ।

चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । १८औँ ओभरमा नन्दन यादवको बलमा गुल्सन झाबाट क्याच हुनुअघि उनले ५३ रन जोड्ने क्रममा ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । चितवनको ब्याटिङ कुनै पनि बेला सम्हालिन सकेन । ओपनर हसन इशाखिल पहिलो ओभरमा १ रनमा आउट भए । अर्का ओपनर विपिन रावलले भने १८ रन बनाए । दुवैलाई कर्णालीका कप्तान सोमपाल कामीले गुल्सन झाबाट क्याच गराए । विपिन तेस्रो ओभरमा आउट भएका थिए ।

त्यसपछि लुक बेन्केस्टाइनले १६ रन र कप्तान कुशल मल्ल २१ रन जोडेर आउट भए । लुकलाई जीशन मक्सुदले छैटौँ ओभरमा बोल्ड गर्दा कुशल ११औँ ओभरमा विपिनप्रसाद शर्माबाट बोल्ड भए । १६औँ ओभरमा कर्णालीका मक्सुदले २ विकेट लिए । उनले सन्तोष कार्कीलाई ८ रन र सोहेल तनबिरलाई ४ रनमा क्याच गराएका थिए ।

१८औँ ओभरमा अमरसिंह रटेउला ९ रन बनाएर खेलिरहँदा नन्दन यादवबाट बोल्ड भएका थिए । दोस्रो बलमा अमर पेभिलियन फर्किएपछि पाँचाँै बलमा रवी बोपारा पनि छक्का प्रहार गर्ने क्रममा आउट भए । बोपारा आउट भएसँगै ८ विकेट गुमाएको चितवन हार नजिक पुगेको थियो । अन्तिम ओभरमा रिजन ढकाल ७ रनमा रनआउट हुँदा शरद भेषवाकरले १० बलमा नटआउट १० रन जोड्न सके ।

कर्णालीका जीशन मक्सुदले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । कप्तान सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए भने विपिनप्रसाद शर्माले १ विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदान टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन जोड्यो ।

जारी एनपिएलमा कर्णालीको यो उच्च योगफल हो । यसअघि कर्णालीले काठमाडौँ गुर्खाजविरूद्ध १४९ रन जोडेको थियो । सो स्कोर कर्णालीले डिफेन्ड गर्न सकेको थिएन । कर्णालीका लागि ओपनिङ ब्याटर जयकिशन अनिलभाइ कोल्सावालाले डेब्यू खेलमै अर्धशतक प्रहार गरे । मध्यक्रमका ब्याटर विलियम बोसिस्टोले पनि अर्धशतक प्रहार गर्दा कर्णालीको योगफल बलियो भयो ।

भारतका कोल्सावालाले कर्णालीका लागि पहिलो खेल खेलेका हुन् । सो खेलमा उनले हङकङका बाबर हायतको ठाउँमा टोलीमा स्थान बनाएका थिए । कोल्सावालाले ५३ रन जोड्ने क्रममा ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । उनले तेस्रो विकेटका लागि विलियम बोसिस्टोसँग ५९ रनको साझेदारी गरे ।

बोसिस्टोले ५२ रन जोडे । १९औँ ओभरमा सोहेल तनबिरबाट बोल्ड हुनुअघि उनले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । बोसिस्टोले पाँचौँ विकेटका लागि चाडविक वाल्टनसँग ६७ रनको साझेदारी गरे । वाल्टनले नटआउट ४६ रन जोड्ने क्रममा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

वाल्टन, कोल्सावाला र बोसिस्टोले राम्रो खेले पनि नेपाली ब्याट्सम्यान प्रभावकारी रहेनन् । रित गौतम कुनै रन जोड्नु अगावै दोस्रो ओभरमा सोहेल तनबिरको बलमा विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । यस्तै पाँचौँ ओभरको अन्तिम बलमा शरद भेषवाकरले जिशन मक्सुदलाई १४ रनमा आउट गरे । आउट हुनुअघि उनले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

यस्तै गुल्सन झा पनि शून्यमा कुशल मल्लबाट बोल्ड भएका थिए । देव खनाल अन्तिम ओभरमा ३ रनमा रनआउट भए । बलिङमा चितवनका सोहेल तनबिरले २ विकेट लिए । उनले ४ ओभरमा २४ रन दिए । रवी बोपारा, शरद भेषवाकर र कुशल मल्लले १–१ विकेट लिन सफल भए ।

प्रतिक्रिया