काठमाडौं । राजधानीमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आजको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दैछ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आज नै भएको इलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
पहिलो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउने छ । हार्ने टोलीले भने आजै भएको इलिमीनेटर खेलको विजेता कर्णाली याक्ससँग फाइनल प्रवेशका लागि बिहीबार खेल्ने छ ।
प्रतिक्रिया