दरबारमार्गमा खुल्यो ‘मेरो सारंगी रोधी क्लब’

काठमाडौं । राजधानीको दरबारमार्गस्थित ‘मेरो सारंगी रोधी क्लब’ खुलेको छ । उक्त रोधी क्लब यही मंसिर २१ गते शुक्रबारबाट सञ्चालनमा ल्याइएको लोकदोहोरी गायिका एवं सोही रोधी क्लबकी सञ्चालीका जालुमाया गुरुङले जानकारी दिइन् ।

क्लबको उद्घाटन गत शुक्रबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर र इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले संयुक्त रूपमा गरेका हुन् ।

रोधी क्लब उद्घाटन कार्यक्रममा गायिका सर्मिला गुरुङ, गायिका जुना श्रीस मगर, राष्ट्रिय संगीतकर्मी संंघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

लोकदोहोरी गायक गायिकाहरु नै मिलेर संयुक्त रुपमा ‘मेरो सारंगी रोधी क्लब’ सञ्चालमा ल्याएको गुरुङले बताइन् । ठूलो लगानी लगाएर आफूसँगै गायक प्रदिप रोका र गायिका संगम लामिछाने समेत मिलेर रोधी क्लब सञ्चालन गरिएको गुरुङको भनाई छ ।

सञ्चालीका गुरुङले नेपाली मौलिक कला तथा संस्कृतिको प्रचारप्रसारमा विशेष जोड दिने र गाउँघरको याद दिलाउने सो रोधी क्लबको उदेश्य रहेको बताइन् ।

प्रतिक्रिया