साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत सेमिफाइनल खेलमा भारतलाई ४–२ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार साँझ भएको खेलमा नेपालले भारतलाई हराएर फइनलमा स्थान बनाएको हो ।

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

भारतका दुई खेलाडीको प्रहार नेपालले रोकेको थियो । नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जिततर्फ दोहोर्याएका हुन् । भारतले खेलको ७१औँ मिनेटमा पहिलाे गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो ।

नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन । त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो ।

खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् । नेपालले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा भारतसँग खेल्ने तय गरेको हो ।

भारत समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । दशरथ रंगशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको छ ।

प्रतिक्रिया