काठमाडौं । घरेलु मैदानमा जारी साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्ध नेपालको तर्फबाट नेपालले पनि गोल गरेको छ । आइतबार साँझ जारी नेपाल र भारतबीच अवरुद्ध बनेको सेमिफाइनल खेलमा नेपालले पनि गोल गरेको हो ।
नेपालका लागि सावित्रा भण्डारी (साम्बा) ले गोल गरेकी हुन् । किएको एक घन्टापछि सुरु भएको खेलमा नेपालकी सावित्रा भन्डारी केही सेकेन्ड मै गोल गर्दै नेपाललाई बराबरीमा पुर्याएकी हुन् । भारतले खेलको ७१औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको हो ।
नेपालकी प्रिति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिए पनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता नपाएको हो । त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछी खेल सुरु भएको थियो ।
प्रतिक्रिया