काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको उनी पहिलो विदेशी खेलाडी हुन् । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी–२० आईमा ६ अर्धशतकसहित ४९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टी–२० आईमा डेब्यु गरेका थिए । उनी स्कटल्यान्डको ओडिआई टोलीको पनि सदस्य हुन् । २२ ओडिआईमा उनले २ शतक र २ अर्धशतकसहित ७२१ रन बनाएका छन् ।
सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा १५ मंसिरदेखि एनपिएल सुरु हुनेछ ।
टोली – दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाएर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन म्याकलेन
सो एनपिएलमा कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको काठमाडौँको आधिकारिक नाम काठमाडौँ गोर्खाज हुने भएको छ । यस्तै चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवनको आधिकारिक नाम चितवन राइनोज हुने भएको छ । यसअघि सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले पनि आफ्नो नाम घोषणा गरेका थिए ।
ओमानका कप्तान अकिब इल्यासले विराटनगर किंग्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । विराटनगरले अकिबलाई भित्र्याएको आइतबार घोषणा गरेको हो । विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने छन् । यसअघि टोलीहरूले १० खेलाडी अक्सनमार्फत् भित्र्याएका थिए । अब सबै टोलीले ४ विदेशी खेलाडी भित्र्याउँदै छ । १ खेलाडी एसोसिएट खेलाडी हुनुपर्नेछ । अकिब एसोसिएट देशबाट भित्रिएका छन् ।
नेपाली क्रिकेटको कार्यकारी निकाय नेपाल क्रिकेट संघ (क्यान) को विवाद भने यसपटक पनि कायम नै रहेको छ । ८ करोड रुपैयाँ लिएर भारतीय कम्पनीलाई नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी दिनु क्यानका लागि दुर्भाग्य नै सावित भएको थियो ।
स्पट फिक्सिङदेखि खेलाडीले तोकिएको रकम समयमा नपाउनुका साथै क्यानले नै पनि रकम पाए नपाको अझै प्रष्ट छैन । यसै विषयमा क्यानकै चर्को आलोचनासमेत भएको थियो । क्यान नेतृत्वले पत्रकार सम्मेलन नै गरेर नेपाल टी–२० लिग आयोजनामा कमजारी भएको स्वीकार गर्दै भारतीय कम्पनीलाई दिने सम्झौता रद्द भएको घोषणा गरेको थियो । त्यसअघि नै एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग स्थगित भइसकेका थिए ।
क्यानको नयाँ कार्यसमिति आएपछि फ्रेन्चाइज लिग आयोजनालाई प्रमुखताका साथ अघि बढाइएपछि त्यसको मुख्य नेतृत्व क्यानका सचिव पारस खड्काले लिएका छन् । क्यानले नै लिग आयोजना गर्नेमा क्यान कार्यसमितिबाट अनुमोदन गराए । त्यसपछि प्रक्रिया अघि बढ्यो । नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको औपचारिक कार्यक्रममार्फत घोषणा भयो ।
विभिन्न प्रक्रिया पूरा गर्दै ८ टोली छनोट, मार्की खेलाडीको छनोट हुँदै २० असोजमा अक्सन पनि सकिएको छ । टोलीहरूको प्रशिक्षक र विदेशी खेलाडी अनुबन्धनसँगै तयारीमा जुट्ने क्रममा छन् । क्यानले मार्केटिङ, ब्रोडकास्टिङ सम्झौता गरिसकेको छ । यसपटक पनि अमिर अख्तरले विज्ञप्ती जारी गर्दै एनपिएलमा क्यानको स्वामित्वका बारे आधिरिकताको माग गरेका छन् ।
प्रतिक्रिया