विश्वकप लिग–२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाई

काठमाडौं । आगामी क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार क्रिकेट टोलीको बिदाई गरेको हो । टोली आज साँझ क्यानडातर्फ जाने क्यानले जनाएकोे ।

विश्वकप लिग– २ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० गतेसम्म हुनेछ ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

क्रिकेट क्यानडाले गत साता आफ्नो सामाजिक सञ्जालमार्फत ओडिआई सिरिज सकिएको २ दिन पछि सोही टोलीबीचमा टी–२० आई सिरिज हुने बताएको थियो । सिरिज असोज १२ देखि १७ गतेसम्म हुनेछ ।

टी– २० आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ। तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।

टि ट्वान्टी सिरिज पछि क्यानडासँग नेपालले ओडिआई सिरिज क्यानद्वारा जारी बार्षिक क्यालेन्डरमा छ ।त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।

क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरी भने क्यानडामा नै छन्। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायतले‌ टोलीको‌ बिदाइ गरे ।

लिग(२ खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) छन् ।

प्रतिक्रिया