गायिका सुनिता दुलालले ल्याइन् तीज कोसेली ‘नबोल अरु सँग’

काठमाडौं । लोकगायिका सुनिता दुलालले गीत ‘नबोल अरु सँग’ सार्वजनिक गरेकी छन् । गायिका दुलालले मंगलबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतमा उनलाई लोकगायक खेम सेञ्चुरीले आजाजमा साथ दिएका छन् ।

सार्वजनिक गीतमा अभिनेत्री प्रियंका कार्की, अञ्जली अधिकारी, गम्भिर विष्ट, सुरेश देवल लगायतको अभिनय रहेको छ । नेत्र अर्यालको शब्द रहेको यस गीतलाई खेम सेञ्चुरीले संगीत भरेका हुन् । गायिका दुलालले यसपटकको गीत आजसम्मकै उष्कृष्ट रहेकाले दर्शक श्रोताहरुलाई मनपर्ने जिकिर गरिन् ।

नाचगानमा रमाउँने दिदीबहिनीहरुलाई लक्षित गरी तयार पारिएको उक्त गीत देश तथा विदेशका सबैलाई मनपर्ने उनले बताइन । यसअघिका गायिका दुलालका ‘पियारी’, यो रमाईलो तिजैमा, ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पुर्याइदेउ’, ‘नाचाैँ सरर’, लगायतका तीज गीत चर्चित छन् ।

दुलाल तीज गीतमा सर्वाधिक रुचाइएको गायिकामा पर्छिन् । उनी विभिन्न देशमा आयोजना हुने कार्यक्रममा जानेमध्येमा पनि रोजाइमा पर्दे आएकी छन् । हाल बजारमा आएको यस पछिल्लो गीत आउँदै गरेको हिन्दू नारीहरुको हरितालिका तीजलाई लक्षित गर्दै ल्याएको गायिका दुलालले सुनाइन् ।

प्रतिक्रिया