कीर्तिपुरमा पार्किङ गरिएको गाडीमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको कीर्तिपुरमा गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान ११:२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ गरिएको गाडीमा आगलागी भएको काठमाडाैँ प्रहरीले बताएकाे ।

पार्किङमा राखिएको बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गाडीभित्रै रहेका व्यक्तिको मृत्यु भएको बताइएकाे छ । मृतकको पहिचान खुलेको छैन ।

प्रतिक्रिया