बैंकिङ कसुरमा व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल डिल्लीबजारबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज बुधबार उनलाई पक्राउ गरेको जनाएको छ ।

दीपक भट्ट र शंकरका छोरा शुलभ अग्रवालसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो । उनी बैंक कसुरसम्बन्धी मुद्दामा फरार थिए ।

सोही मुद्दामा थुनछेक प्रयोजनका लागि अग्रवाललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । अग्रवाललाई प्रहरीले बुधबार नै उच्च अदालत पाटनमा थुनछेक प्रयोजनका लागि उपस्थित गराएको जनाएको छ ।

प्रतिक्रिया