काठमाडौंका सुकुम्बासीलाई गृहजिल्लामै जग्गा दिने प्रक्रिया सुरु (२९ जनाको नामावलीसहित)

काठमाडों । काठमाडौं उपत्यकाका नदी किनारमा बसोबास गरी विस्थापित भएका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूलाई उनीहरूकै स्थायी ठेगाना भएका जिल्लाहरूमा जग्गा उपलब्ध गराउने प्रक्रिया सरकारले अगाडि बढाएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा भूमि समस्या समाधान समितिले कारबाही अघि बढाएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत छानबिन गर्दा देशका अन्य कुनै पनि स्थानमा घरजग्गा नरहेको पुष्टि भएपछि २९ जना वास्तविक लाभग्राहीको विवरण, आवेदन फारम र कागजातका फाइलहरू सम्बन्धित जिल्ला समितिहरूमा पठाइसकिएको छ ।

स्वीकृत कार्यविधि बमोजिम जग्गा उपलब्ध गराउने प्रयोजनका लागि सूचीमा परेका सबै लाभग्राहीहरूलाई आफ्नो स्थायी ठेगाना रहेको सम्बन्धित जिल्ला समिति तथा स्थानीय पालिकामा यथाशीघ्र सम्पर्क गर्न भूमि समस्या समाधान समितिले अनुरोध गरेको छ ।

यस्तो छ २९ जनाको नामावली

प्रतिक्रिया